kumari
stcnepal

चन्द्रागिरि नगरपालिकाको सडकमा युवकको शव भेटियो

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित सडकमा युवकको शव फेला परेको छ । वडा नम्बर ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका हुन् ।

अहिले एसपी मैनाली नेतृत्वको टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको एसपी मैनालीले बताएका छन् ।

footer