kumari
stcnepal

राप्रपा किन बोल्दैन ?

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नेपाल सरकारसँग राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो ,उहाँको योगदान कुनै संस्था÷प्रणालीसँग सम्बन्धित छैन । राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो । त्यसैले राष्ट्रनिर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रुपमा मनाउन,सार्वजनिक बिदा दिन आग्रह गर्दछु । भनेका छन् ।

तर निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन किन सरकारसँग राष्ट्रनिर्माताको सम्मानमा विदा दिनुपर्छ भनेर माँग गर्दैनन् । हुन त पुष १४ गते राजा वीरेन्द्रलाई सम्झना गरे, राजतन्त्रको महत्व छ भनेर पनि भने । तर तत्कालको आवश्यकता पुष २७ गते राष्ट्रनिर्मातालाई सम्झना गर्न र राष्ट्रिय पर्वका रुपमा विदा दिन आग्रह गरेको छैन राप्रपाले ।

स्मरणीय छ, वर्तमान अध्यक्षले एमसिसीबारे स्पष्ट नभए पनि पूर्व अध्यक्ष थापाले यसरी चिन्ता प्रकट गरेका छन् । नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै छ । एमसिसी विवाद त्यसको पछिल्लो उदाहरण हो । शितयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश बिकास गर्ने राजा महेन्द्रको कुटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिकौं ।

यसका साथै पूर्वअध्यक्ष थापाले सामाजिक सञ्जाल र योहो टीभीबाट भन्नुभएको छ– पार्टी महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप निर्वाचनमा हारजितसँग मात्र सम्वन्धित छैन । राजा सबैको साझा हुन्छ भन्ने राप्रपाको मान्यता विरुद्धको गंभीर आघात हो । यसवारेमा मैले पार्टी अध्यक्षलाई पत्र लेखेर केन्द्रीय समितिमा छलफलको निम्ति आग्रह गरेको छु । आशा छ,मेरो आग्रहको उपेक्षा हुनेछैन

footer