kumari
stcnepal

देउवाले देखेनन् एमसीसीमा राष्ट्रघात वा !

काठमाडौँ । प्रधानमन्त्री एव् नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले एमसीसीमा राष्ट्रघात आफुले नदेखेको वताएका छन् । नेकपा माओवादीको आठौँ महाधिवेशनलाई सम्वोधन गर्दै पुष ११ गते उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् । सोही समारोहलाई सम्वोधन गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई खुसी पार्ने प्रयास गर्दै भने अहिलेको पाँच दलिय गठवन्धन पुरै कार्यकाल चल्ने र आउँदो निर्वाचन सम्मै यो गठवन्धन कायम हुने वताएका छन् । प्रधानमन्त्री देउवाको यो भनाई रणनितिक रुपमा अर्थपूर्ण रहेको छ । पाँच दलिय गठवन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सगै जानुपर्ने मत राखी रहेका वेला प्रधानमन्त्री देउवाले पहिलो पटक यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री देउवा नेपाली काग्रेसको १४ औँ महाधिवेशनवाट पुन सभापतिमा निर्वाचित भएका र पहिला भन्दा अहिले पार्टीभीत्र शक्तिशाली बनेका छन् ।

नेपाली काग्रेसका नेताहरुले आउँदो निर्वाचनमा आफ्नो पार्टीले कुनै पार्टीसग गठवन्धन नगरी एक्लै निर्वाचनमा जानुपर्ने वताईरहेका वेला सभापति देउवाले भने अहिलेको गठवन्धनसँगै निर्वाचनमा जानुपर्ने वताएपछि नेपाली काग्रेस भीत्र खेलाबैला मच्चिएको छ । देउवाले अहिलेको गठवन्धनमा कसैको विरोध नभएको वताउदै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नआत्तिनु आग्रह समेत गरेका छन् । अहिलेको गठवन्धन पुरा समय चलोस् भन्दै उनले यस्मा कसैले शंका नगरे हुन्छ म त यो गठवन्धन अगाडी पनि जाओस् भन्ने चाहन्छु , भनेर पुष्पकमल दाहाल र माधव नेपाललाई खुसी पार्न प्रयास सम्म गर्न भ्याएका छन् ।

सोही समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नभएको भन्दै एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्नेहरुले सम्झौता पढेका छन् कि छैनन् भन्दे पहिला सम्झौता पढ्न आग्रह समेत गरेका छन् । मैले सम्झौता पढे काँही पनि राष्ट्रघात देखिन्न म प्रधानमन्त्री हुँ कहिल्यै राष्ट्रियताको खिलापमा जाउँला ? म राष्ट्रका लागि लडेको मान्छे हु के मैले राष्ट्रघात गरुँला ? भन्दै एमसीसी सम्झौता राम्रो सँग पढ्न आग्रह समेत गरेका छन् । स्मरण रहोस् महाकाली सन्धी देउवा प्रधानमन्त्री भएकै बेला भएको थियो के त्यो सन्धी राष्ट्रघात होइन र ? एमसीसी सम्झौतामा कतिपय प्रावधानहरु नेपालको हित विपरीत रहेका छन् । नेपालको सार्वभौमसत्तालाई सम्झौताले स्वीकार गरेको छैन ।

देश विकासको नाममा सार्वभौमसत्तालाई बन्धकी बनाउन सकिदैन । एमसीसी सम्झौतामा उल्लेख भएका कतिपय प्रावधानहरु सशोधन नभएसम्म एमसीसी सम्झौता पारित गरीनु राष्ट्रघात नै हुनेछ । पाँच दलिय गठवन्धन र प्रधानमन्त्री देउवा पार्टीगत स्वार्थीका लागि किन एमसीसी सम्झौता पारित गर्न लागि परेका छन् त ? त्यस्को जवाफ प्रधानमन्त्री देउवा र पाँच दलिय गठवन्धनले नेपाली जनतालाई दिनु पर्दछ । सितैमा आएको पैसा भनेर सार्वभौमसत्तालाई वन्धक राख्न पाइदैन ।

 

footer