kumari
stcnepal

पुस २२ गतेसम्म प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो ।संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणबश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ ।

सूचनामा लेखिएअनुसार प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्ने छ । माओवादी केन्द्रको महाअधिवेशन चलिरहेकोले माओवादी नेतृत्वले आजको वैठकमा उपस्थित हुन नसक्ने सूचना दिदै बैठक स्थगित गर्न अनुरोध गरे अनुसार बैठक स्थगित भएको हो ।

 

 

footer