kumari
stcnepal

५० लाख काण्ड, स्टेशन म्यानेजर प्रकाश पौडेल पनि पक्राउ

काठमाडौँ । सौर्य एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेशन म्यानेजर प्रकाश पौडेललाई पक्राउ गरेर आज राजस्व अनुसन्धान विभाग हरिहर भवनमा उपस्थित गराइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सुरेन्द्र मैनालीले बताएका छन् । हिजो ५० लाख नगद बरामद प्रकरणमा एयरलाइन्सको बिराटनगर शाखाका स्टेशन म्यानेजरलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

हिजो शनिवार विराटनगरबाट काठमाडौंमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोखरेललाई पक्राउ गरेको थियो । सो रकम चेकजाँच नगरीकन विमानमा राखिएको सुराकीको आधारमा निगरानी गरेर रकम रिसिभ गर्न पुगेकी शाक्यलाई प्रहरीले पक्राउ गरेको थियो ।

जहाजको इन्जिन स्टार्ट पछि स्टेशन म्यानेजर पौडेलले उडान नम्बर सौ–७२४ मा सो पैसाको पोको लगेर दिएका थिए । भद्रपुर लेखिएको रातो रंगको झोलामा सो रकम फेला परेको विमान स्थल सूत्रले वताएको छ ।

 

footer