सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

५० लाख काण्ड, स्टेशन म्यानेजर प्रकाश पौडेल पनि पक्राउ

494
shares

काठमाडौँ । सौर्य एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेशन म्यानेजर प्रकाश पौडेललाई पक्राउ गरेर आज राजस्व अनुसन्धान विभाग हरिहर भवनमा उपस्थित गराइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सुरेन्द्र मैनालीले बताएका छन् । हिजो ५० लाख नगद बरामद प्रकरणमा एयरलाइन्सको बिराटनगर शाखाका स्टेशन म्यानेजरलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

हिजो शनिवार विराटनगरबाट काठमाडौंमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोखरेललाई पक्राउ गरेको थियो । सो रकम चेकजाँच नगरीकन विमानमा राखिएको सुराकीको आधारमा निगरानी गरेर रकम रिसिभ गर्न पुगेकी शाक्यलाई प्रहरीले पक्राउ गरेको थियो ।

जहाजको इन्जिन स्टार्ट पछि स्टेशन म्यानेजर पौडेलले उडान नम्बर सौ–७२४ मा सो पैसाको पोको लगेर दिएका थिए । भद्रपुर लेखिएको रातो रंगको झोलामा सो रकम फेला परेको विमान स्थल सूत्रले वताएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports