kumari
stcnepal

पाँच दलिय सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि गरे सिट बाँडफाँड जस्मा काग्रेस ६ ,माओवादी र एकीकृत समाजवादीको भागमा ५–५

काठमाडौं । पाँच दलिय सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड गरेका छन् । आज बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेका छन् ।

जसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट लिने भएका छन् ।
खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिएकी हुन् ।

यसो गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाए । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता गर्नु पर्ने भएकाले सत्ता साझेदार दल बिच आज सहमति भएको हो ।

footer