kumari
stcnepal

पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन सरकारसँग माग

काठमाडौं । विवेशकील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ ।विदेशमा विशिष्ट महत्त्वको दिनमा राष्ट्रिय दिवस मनाइने प्रचलन रहेको उल्लेख गर्दै साझाले नेपालमा पनि पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न माग गरेको हो ।

‘राष्ट्रिय एकता दिवसका दिन नेपाल दिवस घोषणा गरी सार्वजनिक बिदा दिइयोस्,’ प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्ति उल्लेख छ साथै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न पनि माग गरेको छ ।पृथ्वी जयन्तीको अवसरमा साझाले यही पुस २७ गतेदेखि ‘मेची- महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने घोषणा समेत गरेको छ ।

footer