kumari
stcnepal

प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदनदेखि गुप्तचर प्रमुख बनाउनेसम्म मन्त्रिपरिषदको निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले उनको भ्रमणलाई अनुमोदन गरेको हो ।

गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । त्यसक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने जनाइएको छ । त्यस्तै मन्त्रिपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

पुस २३ गते सेवा अवधिका कारण गणेश अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि सरकारले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो । बैठकले भारतसँग मल खरिद सम्झौता गर्ने निर्णय गरेको बताइएको छ ।

footer