kumari
stcnepal

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिने सम्भावना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिने सम्भावना रहेको छ ।
जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो दिएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट नयाँदिल्ली हुदै गुजरात जाने कार्यक्रम रहेको थियो ।

स्रोतका अनुसार सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ । ‘सम्मेलन स्थगित भएको औपचारिक जानकारी अहिलेसम्म आएको छैन, तर स्थगित भएको भए (प्रधानमन्त्री) जानुहुन्न,’ बालुवाटार स्रोतले भन्यो । गुजरात सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो ।

 

footer