kumari
stcnepal

संघीयता र गणतन्त्रमा जनमतसंग्रह माग्नु गलत : गगन थापा

काठमडौं । कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन् ।

पार्टी भित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने उनले चेतावनी दिए ।

गिरिजा प्रसाद कोइराला फाउन्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेताहरुलाई पार्टी भड्खालमा जाने र नेता कार्यकर्तालाई अलमलमा पार्ने अभिव्यक्ति नदिन आग्रह गरे ।

उनले गिरिजा प्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सुत्रलाई आत्मसात गरेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

सोही कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले संघीयता समाप्त पार्ने काममा सरकार लागिरहेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावाद उन्मुख रहेको उल्लेख गर्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेलेको असाधारण भूमिकाको प्रशंसा गरे ।

footer