kumari
stcnepal

विद्यालय बन्द गर्न, आज शिक्षा मन्त्रालयको बैठक बस्दै

काठमाडौँ । कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्दको तयारी थालेको छ ।

​ जनस्वास्वास्थ्यविदहरूको राय अनुसार हिजो आइतबार मात्र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सिसिएमसिसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ ।

 

footer