kumari
stcnepal

पूर्वराजा भोली पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार आउने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भोली (मंगलबार )पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार आउने भएका छन् ।
सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिएका छन् ।

उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको छ ।

भोली (मंगलबार) पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।

 

footer