kumari
stcnepal

नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीले गरे प्रदर्शन

विराटनगर। आज एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

आज रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले  टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए ।

विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो । विद्यार्थीले अतिरिक्त शुल्क लिने कलेजको निर्णयको विरोधमा प्रदर्शन गर्दै आइरहेका छन् ।

 

footer