kumari
stcnepal

पत्रकार एलबी विश्वकर्माको निधन

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय सदस्यसमेत रहेका पत्रकार विश्व्कर्माको आज बिहान तीन बजे उपचारका क्रममा निधन भएको उनका परिवारले जनाएको छ ।

दुई साता अघिदेखि रुघा–ज्वरो आएपछि उनी घरमै आराम गरिरहेका थिए । अछामको रामारोशन गाउँपालिका घर भएका २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् । पत्रकार विश्वकर्माको निधनप्रति समाजवादी प्रेस संगठन, नेपाल पत्रकार महासंघलगायतले दुःख व्यक्त गरेको छ ।

footer