kumari
stcnepal

पत्रकारलाई जोरविजोर लागु नहुने

 

काठमाडौं । सरकारले आज राति १२ बजेदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणाली घोषणा गरेको छ । कोरोना संक्रमण व्यापक रुपमा बढ्दै गएपछि सरकारले आजदेखि जोरविजोर प्रणाली लागू गरेको हो । जोर गते जोर र विजोर गते विजोर सवारीसाधन चलाउन पाईने उक्त प्रणालीमा पत्रकार लगायत निश्चित संस्था र सेवाका सवारी साधनले भने निर्वाध चल्न पाउने भएका छन् ।
जसमा औषधि एवं औषधिजन्य पदार्थ बोकेका सवारी साधन, दमकल, एम्बुलेन्स, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलाई भने छुट हुनेछ । यस्तै चालक र सहचालक मात्रै सवार निर्माण सामग्री बोक्ने सवारी साधनलाई भने जोरविजोर प्रणालीमा छुट हुने जिल्ला प्रशासन कार्यालय ललितपुरको सूचनामा उल्लेख छ ।
यस्तै खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, मासुलगायत वस्तु बोकेका सवारीसाधनलाई पनि जोरविजोर प्रणाली लागु नहुने बताईएको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारी, वायुसेवा कम्पनीका कर्मचारी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मीलगायतका सवारीसाधनलाई पनि निर्वाध चल्न दिईने बताईएको छ । तर, त्यस्ता सवारीसाधनका लागि सम्बन्धित व्यक्तिले सम्बन्धित कामको आधिकारिक परिचयपत्र भने देखाउनुपर्ने छ ।

footer