kumari
stcnepal

राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचन प्रदेश – १ मा मात्र मतदान गर्ने

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ ।हिजो( सोमबार )बसेको पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश -१ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरु प्रदेशमा उसका उम्मेदवार छैनन् ।
अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो’ महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

footer