काठमाडौंको शंखरापुर नगरपालिकामा निसासिएर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका-३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको हो।
५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो।उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निसासिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धको टोली पुगेको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।