kumari
stcnepal

निर्वाचन आयोगको यो के चाला ?

काठमाडौं । हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र भन्ने शब्द आफ्नो विधानको उद्देश्यबाट हटाउन आदेश दिने निर्वाचन आयोगले माधवकुमार नेपालको नाममा नेपाल परेकोमा हटाउन आदेश देला कि नदेला ?

संविधानले विचार स्वतन्त्रता छ भनेर प्रत्याभूति दिने, निर्वाचन आयोगले आजसम्म नदेखेको तिनै शब्दलाई अहिले आएर देख्ने र हटाउन आदेश दिएपछि निर्वाचन आयोग संविधानबाट कि भूमिगत गिरोहजस्तो आफ्ना मालिकबाट सञ्चालित रहेछन् भन्ने आशंका उठेको छ ।

राप्रपाको वर्तमान पदाधिकारी बैठकले कानुनी र राजनीतिक लडाइ लड्ने तर विधानबाट आफ्नो उद्देश्यअनुकूलको शब्द नहटाउने निर्णय गरिसकेको छ भने पूर्वअध्यक्ष कमल थापाले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट ’गाई’हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ । अस्विकार्य छ । भनेका छन् ।

footer