kumari
stcnepal

आज न्याय सेवा आयोगको बैठक बोलाए प्रधानन्यायाधीशले

काठमाडौं, १४ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।

यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो । नेपाल बारको असहमतिका बाबजुद प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् ।

कानुनमन्त्री बडू कोरोना संक्रमणपछि आइसोलेसनमा छन् । अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको छ । बैठकप्रति नेपाल बारको असहमति छ ।

footer