kumari
stcnepal

एमालेले अन्तर्घात गर्ने जनप्रतिनिधिलाई कारवाही गर्ने

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्ने जनप्रतिनिधिहरूलाई कारवाही गर्ने जनाएको छ । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिमाथि छानबिन गरेर कारवाही गरिने नेकपा एमाले प्रदेश १ कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर जनाएको छ ।

नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी माथि कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढ संकल्पित छ ।’

footer