kumari
stcnepal

धरौटी बुझाएर रिहा भए उमाशंकर रायभार

राजस्व छलीको मुद्दामा उच्च अदालत पाटनले अदालतले तोकेको धरौटी बुझाउन नसकेर थुनामा परेका उमाशंकर रायभार आइतबार रिहा भएका छन् ।

सर्वोच्च अदालतले रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो।आइतबार पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् । यसअघि २०७७ फागुन १७ गते उच्च अदालतले उनीसँग ७५ लाख रुपैयाँ धरौटी मागेको थियो, सो रकम तिर्न सकेपछि उनी नख्खु कारागार चलान भएका थिए ।

रायभारमाथि २८ करोड रुपैयाँ राजस्व छली गरेको आरोप छ । तर रायभारले भने आफ्नो नागरिकता दुरुपयोग गरेर सरोजकुमार मिश्रले राजस्व छली गरेको बताउँदै आएका छन् ।

footer