kumari
stcnepal

जुवा खेलाउने ७४ जना एकैपटक पक्राउ एउटै रेन्टुरेन्टबाट

काठमाडौं । काठमाडौंबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना पक्राउ परेका छन् । बौद्धस्थित एउटै रेस्टुरेन्टबाट उनीहरू एकैपटक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन् । दोलखा घर भई हाल बानेश्वर बस्ने सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार अनलाइन एपको प्रयोग गरेर उनीहरूले जुवा खेल्ने र खेलाउने गर्दै आएका थिए । सूचनाका आधारमा प्रहरी टोलीले रेस्टुरेन्टमा छापा मारेको एसएसपी गिरीले जानकारी दिएका छन् ।

काठमाडौंमा एकैदिन अनलाइन जुवा खेलाउने ७४ जना पक्राउ परेको यो पहिलोपटक हो । उनीहरूको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटी गएको प्रहरी टोलीले छापामारी उक्त खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), बिंगो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत बरामद गरिएको परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।

footer