kumari
stcnepal

बालुवाटार जग्गा काण्डमा राजदूत पौडेल समेत मुछिए

काठमाडौ । ललिता निवास बालुवाटार जग्गा काण्डमा लहरो तान्दा पहरो गर्जिन सक्ने सम्भावना देखिएको छ । सत्ताधारी दलका महासचिव विष्णु पौडेलदेखि चीनका लागि नेपाली राजदूत एवं पूर्व मुख्यसचिव लिलामणि पौडेल समेत उक्त काण्डमा मुछिएका छन् ।

पौडेलबाहेक पूर्व सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्नेत, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, पूर्व सचिव छविराज पन्त, पूर्व सचिव दिनेश अधिकारीसहित भू माफियाहरु उक्त जग्गा काण्डमा मुछिएका छन् भने माधव प्रसाद घिमिरे, पूर्व मुख्यसचिव समेत मुछिएपनि घिमिरेको भने निधन भईसकेको छ ।

केही भूमाफिया र केही व्यापारीहरुले सरकारी उच्च तहका व्यक्तिहरु र राजनीतिक दलका प्रभावशाली व्यक्तिहरुलाई हातमा लिएर २०२१ सालमै अधिकरण गरी सरकारको नाममा ल्याएको जग्गा व्यक्तिको नाममा टुक्रा टुक्रा गरी विक्रि वितरण गरिसकेका छन् । २०२१ सालमा तत्कालिन सरकारले मुआब्जा दिएर अधिकरण गरेको जग्गालाई व्यक्तिको नाममा ल्याउने कार्यमा सरकारी उच्च तहकै व्यक्तिहरुको संलग्नता विना सम्भवै हुँदैन । लिलामणि पौडेल सचिव हुँदै मुख्यसचिव भएका थिए सामान्यत उनलाई कसैले पनि भ्रष्टाचारी भन्न सकेका थिएनन् ।

डा. बाबुराम भट्टराईको नेतृत्वको सरकार हुँदा उनी मुख्य सचिव रहेका थिए । उनैको पालामा सो जग्गा व्यक्तिको नाममा दर्तागरिदिने प्रक्रिया अघि बढाइएको हुनाले उनीमाथि भ्रष्टाचारको आरोप समेत लागेको छ । अब उनले राजदूत पदबाट तत्काल राजिनामा दिएर सत्य तथ्य बाहिर ल्याउनु नै उपयुक्त हुनेछ । आफूमाथि आरोप लागि सकेपछि मुलुकको प्रतिनिधित्व गर्ने राजदूत जस्तो जिम्मेवार पदमा उनी बसिरहनु किमार्थ उचित हुन सक्दैन ।

उक्त जग्गा काण्ड व्यक्तिका नाममा ल्याउने कार्य माधव नेपाल प्रधानमन्त्री भएका बेला सुरु भएको र बाबुराम भट्टराई हुँदै अन्य प्रधानमन्त्रीका पालमा कार्यान्वयनमा गएको हुनाले जग्गा काण्डमा संलग्न भएका जोसुकै र जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भएपनि उनीहरुमाथि कानुनी कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन ।

पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समेत उक्त जग्गा काण्डबारेमा चासो देखाउन थालेका छन् । केही व्यापारीहरुले दाहाललाई आफूहरुलाई कानुनी कारबाहीबाट बचाईदिन आग्रह गरेपछि उनले वर्तमान सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको भन्दै जनताको हितका लागि आफू फेरी जंगल पस्ने अभिव्यक्ति दिएका हुनाले प्रधानमन्त्री ओलीसँग वार्गेनिङ्ग गरेको राजनीति बृत्तमा चर्चा समेत चलेको छ ।

राजनीतिक दलका नेताहरुलाई दुई चार वर्षमै अर्बपति बन्ने रहर जागेको हुनाले उनीहरु भ्रष्टाचारको मामिलामा फस्ने गरेका छन् । नेकपाका महासचिव विष्णु पौडेलले २०५२ सालमा आफू सुकुम्बासी भएको भन्दै सुकुम्बासीको नाममा जग्गा लिएका थिए तर बीस वषमै उनी अर्बपति कसरी भए ? अहिले उनको ललितपुरको भैँसेपाटीमा झण्डै एक अर्बको घरसहितको सम्पत्ति रहेको छ ।

बालुवाटारमा ८ आना जग्गा रहेको छ । २०६० सालमा प्रतिआना ५० हजारमा जग्गा खरिद गरेको स्वीकार पौडेलले गरेपनि त्यसमा कुनै सत्यता नभएको र २०६० सालमा बालुवाटार जस्तो प्राइम क्षेत्रमा ५० हजारमा प्रतिआना जग्गा पाइन्थ्यो भन्नु नै हास्यास्पद रहेको छ । भू–माफिया शेशकान्त ढकालले उनलाई सो जग्गा उपहार स्वरुप दिएका हुन् ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङ्गको २०÷२५ वर्ष अघिको अवस्था हेर्दा लाग्छ उनीलाई भगवान्ले उनैको घरमा अबौं सम्पत्ति ल्याईदिएका हुन् । गुरुङ्गको सम्पर्क माओवादीले आन्दोलन गरिरहेकै अवस्थामा पुष्पकमल दाहालसँग भएको र माओवादीले गुरुङ्गलाई व्यापार गर्न पैसा दिएको चर्चा त्यसैबेला चलेको थियो । अहिले त्यही पैसाले उनले भाटभटेनी सुपरमार्केट चलाइरहेका छन् ।

यी सबै कारणहरुले गर्दा बालुवाटार ललिता निवासका जग्गा काण्डमा राजनीतिक दलका नेता देखि पूर्वमन्त्रीहरु पूर्व मुख्यसचिव हुँदै भू माफिया र मालपोतका कर्मचारीहरुसमेत मुछिएपछि उनीहरु जसरी भएपनि उक्त जग्गा काण्डलाई राफसाफ गर्न लागि परेका छन् ।

त्यसैको लागि सुवर्ण शमशेर राणाको परिवारले प्राय प्रत्येक दिन ठुलो धनराशी खर्च गरेर दैनिक पत्रिकाहरुमा विज्ञापनको रुपमा विज्ञप्ति प्रकाशित गरिरहेकाले प्रष्ट हुन्छ ठुलाबडाकै बलमा उक्त जग्गाकाण्ड घटाइएको हो भनेर । स्वच्छ स्वभाव भएका भनिएका पूर्व मुख्य सचिव एव राजदूत पौडेलसमेत मुछिएपछि बेइजिङ्गमा समेत हल्लीखल्ली भएको छ ।

footer