kumari
stcnepal

भारतीय बजेटमा नेपाललाई दिने अनुदान रु. १२ अर्ब अघिल्लो वर्षको भन्दा घट्यो अनुदान

काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२२/२३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ)बजेट छुट्याएको छ । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो ।

गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो । सो वर्ष यो रकम संशोधन गरी भारतले ६ अर्ब ५० करोड भारुमा झारेको थियो ।त्यसो त वित्त वर्ष २०२०/२१ मा भारतले ८ अर्ब ७९ करोड भारु रकम नेपाललाई अनुदान दिएको थियो ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार प्रस्तुत गरेको वित्त वर्ष २०२२/२३ को बजेटमा विदेश मन्त्रालयअन्तर्गत भारतले मुलुकहरुलाई दिने अनुदान रकम छुट्याएको हो । भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ ।

भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । भारतले अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई ३ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकलाई २ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको छ ।

footer