kumari
stcnepal

बिधार्थीहरूले गरे इन्धनको मूल्य वृद्धिको बिरोध

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका छन् ।उनीहरुले काठमाडौं त्रिचन्द्र क्‍याम्पसअगाडि बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरेको थियो।

यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य हो।

footer