kumari
stcnepal

अब एमालेका सबै जिल्ला कार्यालयमा एकजना आइटी विज्ञ अनिवार्य

नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ ।केन्द्रीय सचिवालयको हिजो बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना एमालेले बनाएको छ ।नेकपा एसमा गएका सदस्यहरुलाई पार्टी सदस्यको अभिलेखबाट हटाउने र सदस्यता अद्यावधिक गर्ने गरि नयाँ योजना बनाइएको छ ।

एमालेले पार्टी सदस्यता शूल्कको ४० प्रतिशत केन्द्रीय कार्यालय,२५ प्रतिशत प्रदेशमा र २५ प्रतिशत जिल्लामा राखेर १० प्रतिशत पालिका कमिटीमा राख्न समेत निर्देशन दिएको छ ।

footer