सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाको तयारीमा

507
shares

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाको तयारीमा जुटेको छ । केन्द्रीय बैंकले यसअघि ल्याएको ४/१२ नीति के गर्ने हो त्यो भने अझै अन्यौलमा छ ।४/१२ नीतिले रुष्ट बनेका शेयर लगानीकर्तालाई खुशी पार्ने गरी संशोधन गर्ने वा त्यो नीतिमा अडिग नै हुने हो भन्ने बारेमा केन्द्रीय बैंकमा छलफल प्रारम्भ भएको छ ।

गत वर्ष राष्ट्र बैंकले फागुन २ गते मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गरेको थियो । अहिले त्यही मितिमा वा त्यो भन्दा पहिले नै पहिलो अर्ध वार्षिक समीक्षा गर्ने तयारीमा जुटेको छ । मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा जुटन थालिएको केन्द्रीय बैंकका एक उच्च कर्मचारीले बताए । राष्ट्र बैंक अर्ध वार्षिक समीक्षामा दुई बटा बिषय केन्द्रीय हुने सम्भावना देखिएको छ । राष्ट्र बैंकले पहिलो उच्च प्राथमिकतामा परेको ४/१२ नीति र दोस्रो लगानीयोग्य पुँजी (तरलता)को अभावलाई कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा बढी ध्यान दिने छ ।तरलताको अभाव देखाउँदै बैंकहरुले निक्षेपको ब्याज ११ प्रतिशतसम्म पुर्याएपछि त्यसलाई हस्तक्षेप गर्दै १०.०५ प्रतिशत भन्दा बढी नहुने गरी निक्षेपको ब्याजदर तोक्न बैंकहरुलाई निर्देशन दिएको थियो । त्यही अनुसार बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका थिए ।

अहिले पनि तरलताको अभाव छ । सरकारी खर्च उच्च दरमा हुन नसकेका कारण केन्द्रीय बैंकमा रहेका सरकारी खातामा रकमको थुप्रो लागेको छ । अहिले पनि केन्द्रीय बैंकको सरकारी खातामा करिब ३ खर्ब रुपैयाँ थुप्रिएर बसेको छ ।यता बैंकहरुसँग लगानीयोग्य रकमको अभाव छ । त्यस्तो अभावलाई कसरी कम गर्ने भन्ने बिषयमा केन्द्रीत रहेर मौद्रिक नीतिको अद्र्ध वार्षिक समीक्षामा गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । यसैगरी, राष्ट्र बैंकको ४/१२ नीति प्रति पनि लगानीकर्ता असन्तुष्ट छन् । त्यसमा पनि मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा केन्द्रीय बैंकको ध्यान जाने भएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले एक जना व्यक्ति वा संस्थाले एक बैंक वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र बढीमा तीन संस्थाले १२ करोड भन्दा बढी शेयर धितोमा कर्जा लिएर शेयरमा नै लगानी गर्न नपाउने नीति ल्याएको थियो । केन्द्रीय बैंकको त्यस्तो नीतिले शेयर लगानीकर्ताहरु रुष्ट बनेका थिए । त्यसरी रुष्ट बनेका लगानीकर्तालाई फेरि फकाइ तुल्याइ गर्ने नीति ल्याउने तयारी गरिरहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

शेयर बजार प्रतिकुल प्रभाव पार्नेलाई आगामी निर्वाचनमा ‘नो भोट’ को नीति लगानीकर्ताले ल्याउन सक्ने सम्भावना देखिएकाले पनि अर्थमन्त्रीको शेयर बजारप्रति सकारात्मक धारणा हुने अपेक्षा गरिएको छ । अहिले करिव ५० लाख नागरिक नेपालको शेयर बजारमा कुनै न कुनै किसिमले जोडिएका छन् । तिनीहरुको परिवार, आफन्तलगायतको सञ्जाल ठूलो भएकाले पनि अर्थमन्त्री शर्माले लगानीकर्तालाई रुष्ट बनाउन चाहदैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports