kumari
stcnepal

म्युजिक प्रड्युसर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ

सिन्धुलीबाट भ्लगर चेतन कार्की पक्राउ परेका छन्।गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित राजमार्गस्थित प्रहरी चेक पोइन्टबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।

उनलाई प्रहरीले ब्राउनसुगर र गाँजासहित १९ गते पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय चेतन कार्की बर्दिबासबाट धुलिखेल आउँदै थिए।

बागमती प्रदेश ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेक गरेको थियो। उनीमाथि तलासी लिँदा ट्र्याकको खल्तीबाट ४.१३० ग्राम ब्राउन सुगर र गितारको कभरमा ६.९४० ग्राम गाँजासमेत फेला परेको लामाले बताए।

उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ। उनी म्युजिक प्रड्युसर हुन्। उनको युट्युबमा ५ लाख ६९ हजार सब्सक्राइबर छन्।
footer