kumari
stcnepal

थापा र अध्यक्ष लिङदेन बीच भेट बाताॅ, दुबैजना सकारात्मक

राप्रपाको महाधिवेशनपछि पहिलोपटक अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।महाधिवेशनमा पराजयपछि असन्तुष्ट रहँदै आएका थापालाई भेट्न लिङदेन बुढानिलकण्ठस्थित उनको निवासमै पुगेका थिए ।

महाधिवेशनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै यसबारे छानविनका लागि थापाले पार्टीमा दवाव दिँदै आएका छन् । तर, आफ्नो माग सुनुवाई नभएको भन्दै थापाले राप्रपाबाट अलग भएर नयाँ पार्टी बनाउने तयारी गरेको समाचारहरु सार्वजनिक भएका थिए ।

हिजो भएको भेटघाट भने सकारात्मक रहेको लिङदेनको दावी छ ।आज पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्तपदाधिकारी तथा विभागीय प्रमुखहरुको पदस्थापन, स्वागत र मनोनयनपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै लिङदेनले सबैसँग संवादको थालनी गरिएको र कोही निराश हुनु नपर्ने बताए ।

आफूले निवर्तमान अध्यक्ष थापासँग भेटघाट गरेको र छलफल सकारात्मक रहेको उनले उल्लेख गरे ।‘सानातिना विषयमा नअल्झौं, वृहद राप्रपा निर्माणमा जुटौं,’ उनले भने, ‘देशले राप्रपाको आवश्यकता महसुस गरिरहेको छ र पार्टीले लिएको राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको एजेन्डा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको अवस्थामा राप्रपाले नवीन यात्राको प्रारम्भ गरेको छ ।’

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दुई नेताबीच भएको कुराकानीमा तत्काल पार्टीहित विपरित कुनै पनि गतिविधि नगर्ने सहमति भएको छ ।

footer