kumari
stcnepal

यी खम्ब हुन् कि कांग्रेसका खम्बा

 

काठमाडौं । कांग्रेसी हुँ भनेर गर्व गर्ने खम्बबहादुर खातीलाई महान्यायाधिवक्ता किन बनाएको भन्ने पोल खुलेको छ । यिनको शंकास्पद भूमिकाले गर्दा ठूला मुद्दाहरु रोकेर राखेका छन् र भित्रभित्रै लेनदेन गरिरहेको आरोप कानुनी क्षेत्रमै बहसको विषय बनेको छ । चुन ढुङ्गादेखि अरवौं अरव अनेक भ्रष्टाचारका मुद्दाहरु यिनले रोकेर राखेका छन् । मुद्दाहरुलाई प्रभावित पार्ने र अदालतसम्म जान रोकवापत प्रहरीले हप्ता खाएझैं खान्छन् यिनी भन्ने गाईंगुई महान्यायाधिवक्ताको कार्यालयभित्रै पनि सुन्न सुकिन्छ ।
महान्यायाधिवक्ताले यतिबेला अख्तियारमै पुगेर आयुक्तहरुमाथि औंला ठड्याउनेमात्र होइन, अख्तियारले कस्ता कस्ता मुद्दाहरु तामेलीमा राखेको छ, हामीलाई पनि थाहा छ भनेर अख्तियारलाई धम्क्याउे काम गरेका छन् । संवैधानिक अङ्गलाई महान्यायाधिवक्ताले यसरी धम्क्याउन मिल्छ कि मिल्दैन ? कानुनचीहरुले प्रश्न उठाएका छन् । यतिबेला सहन्यायाधीवक्ता ६१ लाख भ्रष्टाचार मुद्दामा फसेका छन् भने आफू पनि फसिन्छ भनेर खम्बबहादुर खातीले कुनै मुद्दा रोकेका छैनौं भन्ने प्रष्टिकरण दिए पनि उनको मुख्य काम अभियुक्तसँग सेटिङ मिलाएर मुद्दाहरुलाई प्रक्रिया नमिलेको भन्दै रोक्ने धन्दा चलाइरहेका छन् भन्ने गाईगुईं महान्यायाधिवक्ताको कार्यालयमै सुनिएको छ ।

footer