kumari
stcnepal

काँग्रेसका भातृ संगठनहरू बिघटन

नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ ।  मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको एक पदाधिकारीले  बताए । योसँग म्याद सकिएका भ्रातृ संस्था विघटन भएको ती पदाधिकारीको भनाइ छ ।

उनका अनुसार नेविसंघ, महिला संघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरु भंग गरिएको हो ।
काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्थामा  १० संस्थाको वर्तमान कमिटी भ‌ंग गरिएकाे छ । भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको ती पदाधिकारीले बताए ।
सभापति देउवाले नेताहरुसँग परामर्श गरी भंग गरिएका नयाँ समिति फागुन मसान्तसम्म ल्याउने छन् ।  नेविसंघ र तरुण दलमा तदर्थ समिति ल्याउँदा विधानको व्यवस्था लागू हुने छैन।
काँग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘नेविसंघको विधान १२ औं महाधिवेशन लागु हुने गरी यो निर्णय भएको हो । अन्य तरुण दलमा पनि त्यस्तै छ । शुभेच्छुक संस्थालाई भने तत्काल अधिवेशन गर्ने काँग्रेसले निर्देश दिएको छ । काँग्रेसका १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको छ । यस्तै नयाँ भ्रातृ संस्थाबारे आगामी बैठकमा छलफल हुने महतले बताए ।

 

footer