kumari
stcnepal

एमसीसीविरुद्ध प्रदर्शन

 

काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।
आज केही समय पछि संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन्
। उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सामान्य धरपकडसमेत भएको छ । विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनले पनि एमसीसीको विरुद्धमा आज देशभर बन्द आह्वान गरेको छ ।

footer