kumari
stcnepal

ओली र कांग्रेसका नेता रिजाल बीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल बीच भेटवार्ता भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरु बीच सहमति नजुटिरहेका बेला रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुगेका हुन् । एमसीसी, संसद अवरोध लगायतका विषयमा छलफल गर्न रिजाल ओली निवास पुगेका हुन् ।

कांग्रेस नेता रिजालले भेटवार्ता भएको पुष्टि गरे पनि थप खुलाउन चाहेनन् ।

बिहीबार साँझ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको छलफल बोलाइएको छ । त्यसअघि रिजालले विपक्षी दलका नेता ओलीलाई भेटेका हुन् ।

footer