kumari
stcnepal

हरि खड्का नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर

फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

खड्काले नेपाल प्रहरीमा बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

footer