kumari
stcnepal

पानीमुनी गएपनि गठबन्धनलाई तह लगाइने छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको बताएका छन् । भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्दै उनले एक वर्षपछि गठबन्धनलाई ठेगान लगाउने दावी गरे ।

‘अब एक वर्षभित्र चुनाव आउनुपर्छ, बढीमा एक वर्ष हो यिनीहरुको आयु’ उनले भने, ‘संसारभरका ज्योतिषीलाई एकै ठाउँमा राखेर सोधे पनि त्यही भन्छन् । जस्तै पानीमुनि गए पनि कहाँ यो स्वार्थी गठबन्धन बच्न सक्छ ? पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाइन्छ ।’

अध्यक्ष ओलीले रामायणमा मन्थराका कारण रामचन्द्र र महाभारतमा सकुनीका कारण पाण्डवहरु वनबास जानुपरेको भन्दै आफूलाई पनि स्वार्थी गठबन्धनले ‘बनबास’ पु¥याएको उनले बताए ।

‘यत्रोविघ्न मन्थरा र सकुनीहरु लागेपछि केपी प्रधानमन्त्रीबाट हट्नु कुन ठूलो कुरा भयो र ! उनले भने ‘तर फेरि चुनाव आउँछ । यहाँ १४ वर्ष पर्खिनुपर्दैन । बढीमा पाँच वर्षको कुरा हो ।… साढे तीन वर्षमा बल्ल ढाल्न सके । डेढ वर्षमा चुनाव आउनुपर्थ्यो, ६ महिना गइसक्यो । अब एक वर्षको कुरा हो ।’

 

 

footer