kumari
stcnepal

एमसिसी संसद बैठकको कार्यसूचीमा पर्यो

अमेरिकी सहयोग परियोजना (एमसिसी) संसद बैठकको कार्यसूचीमा परेको छ।

आइतबारको बैठक सुरू हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा एमसिसी टेबल गर्ने कार्यसूची बनाएको हो। संघीय संसद सचिवालया प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा एमसिसी सम्झौता अनुमोदन गर्ने प्रस्ताव टेबल हुनेछ।

प्रस्तावमाथि छलफल गर्ने विषयमा भने आज कार्य व्यवस्था परामर्शमा कुरा भएन। अर्को बैठक फागुन १२ गते बोलाएर एमसिसी माथि छलफल गराउने तयारी भइरहेको छ।

global bank  ad lamu

यसअघि आज बिहान बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेको थियो। २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा प्रस्ताव दर्ता गरेको थियो। प्रस्ताव दर्ता भए पनि नेकपाको आन्तरिक विवादका कारण सभामुखले टेबल गर्न दिएका थिएनन्।

सत्तारूढ गठबन्धनमा लामो विवाद र बहसपछि एमसिसी संसद बैठकको कार्यसूचीमा परेको हो।

 

 

footer