kumari
stcnepal

एमसीसीका कारण माओवादी केन्द्र र एकीकृत समाजवादीमा विग्रह

 

काठमार्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीमाथि घात गरेर एमसीसी अघि बढाउने सहमति जनाउनु भएको तथ्य बाहिर आएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठले आफ्ना पार्टी अध्यक्षहरु बिकेको भन्दै पोल खोलिदिनु भएपछि यो तथ्य बाहिर आएको हो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आज आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा बोलाईएन । सुरुमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाउन प्रचण्ड र माधवले नै प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको बताइएको छ ।उनीहरु बैठकमा सामेल भए एमसीसीको विरोध हुने डरले उनीहरुलाई नवोलाइएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बैठकमा आफूलाई नबोलाइएको जानकारी दिएका छन् । उहाँले एमसीसी संसदमा टेबुल गर्ने सहमतिप्रति आफ्नो आपत्ति रहेको बताउनु भयो । खनालले विदेशी शक्तिको दबाबमा एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास भएको आरोपसमेत लगाउनुभएको छ ।

माओवादी केन्द्रका नेता श्रेष्ठले पनि बैठकबारे आफूलाई कुनै जानकारी नदिएको उल्लेख गर्दै एमसीसी संसदमा टेबुल गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको भन्दै उहाँले आफ्नो विरोध कायमै रहेको बताउनु भएको छ । खनाल र श्रेष्ठ सुरुदेखि नै एमसीसीको विपक्षमा उभिँदै आउनु भएको थियो ।

footer