kumari
stcnepal

प्रतिनिधिसभाको भोलीको बैठकको कायॅसूची साबॅजनिक, एमसीसी सम्झौतामा छलफल

संघीय संसद सचिवालयले बिहीबार बस्‍ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

कार्यसूची अनुसार बिहीबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए । त्यस दिन अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

 

footer