kumari
stcnepal

पुष्पकमल दाहाल र ओली बीच अचानक भेटवार्ता

सत्तारुढ दल माओवादी केन्द्र अध्यक्ष  ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली बीच भेटवार्ता भएको छ । एमसीसी बारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिए पछि प्रमुख दलका शीर्ष नेता बीच निरन्तर भेटवार्ता चलिरहेको छ ।

नयाँबानेश्वर स्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली बीच भेटवार्ता भयो । देउवा निस्किए लगत्तै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड ओलीको कार्यकक्षमा पुगेर भेटवार्ता भैरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

एमसीसी, संसदको गतिरोध अन्त्य सहितका विषयमा शीर्ष नेता बीच भेटवार्ता भइरहेको छ ।

 

 

footer