kumari
stcnepal

प्रतिनिधिसभाको बैठक आइतवार १५ गते सम्मका लागि स्थगित

प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता माथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गते सम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

 

 

 

footer