kumari
stcnepal

स्थानीय तहको निबाॅचन लागि ८० दलले दिए आयोगमा निबेदन

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्।

आयोगले फागुन ५ देखि १५ गते सम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो।आयोग स्रोतका अनुसार यो अवधि भित्र ८० दलले दर्ताका लागि निवेदन दिएका छन्।आयोगबाट ११० दलले मान्यता पाएका मध्ये ८० दलले मात्रै स्थानीय चुनावमा भाग लिन दल दर्ता गरेका छन्।२०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन हुँदैछ। सरकारले निर्वाचन मिति घोषणा गरे सँगै आयोगले तीव्र रूपमा काम अगाडि बढाइरहेको छ।

संविधान र राजनीतिक दल सम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ। दल दर्ताका लागि आएका निवेदन अध्ययन गरेर फागुन २३ भित्र आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ।

आयोगमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायत दलले दर्ता निवेदन दिएका छन्।

footer