kumari
stcnepal

स्वास्थ्यमन्त्रीको के काम पदमुक्त गर्ने कि ?

काठमाडौ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयले मात्र डेगु नियन्त्रण गर्न नसक्ने अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको छ । सम्बन्धित मन्त्रालयका मन्त्रीले नै गैरजिम्मेवारीपूर्णको अभिव्यक्ति दिएको भन्दै संसदमा समेत त्यसको आलोचना भएको छ । मुलुकभरका ४८ वटा भन्दा बढी जिल्लामा डेगु फैलिसकेको छ भने उपत्यकामै त्यसका विरामीहरु फेला परेका छन् । मुलुकभरमै फैलिएको डुगु नियन्त्रण गर्न सरकार उदासिन बनेको आरोप सांसदहरुले सरकारमाथि लगाईरहेका छन् । डेगु नियन्त्रणका लागि ठोस कार्ययोजना ल्याउन समेत सांसदहरुले सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै सत्ताधारी दलका सांसदहरुले नै ठोस कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन् । उनीहरुले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विरामीहरुको चाप बढेकोले त्यहाँ खुट्टा राख्ने ठाउँसम्म छैन । विरामी कुरुवाहरु समेत विरामी पर्न थालेका हुनाले त्यहाँको अवस्था भयावह बनेको छ भन्दै राजधानीको न्यूरोड क्षेत्रमा समेत डेगुको विरामी भेटिएकोले अवस्था गम्भीर रहेको बताउँदै तत्काल त्यसलाई नियन्त्रणमा लिन सरकारसँग माग गरेका छन् । पछिल्लो समयमा सरकारकै भनाईमा ७० हजार भन्दा बढी मानिस डेगुको रोगबाट पिडित भएका छन् ।

दिनप्रतिदिन विरामीको संख्या बढी रहेपनि स्वास्थ्यमन्त्री भने स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्न नसक्ने अभिव्यक्ति दिइरहेका हुनाले त्यस्तोगैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बर्खास्त गर्न उपयुक्त हुनेछ । मुलुक डेगुको प्रभावमा परेनि त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी योजना सरकारले ल्याउन नसकेको हुनाले सरकार आफ्ना जनताको स्वास्थ्यप्रति जिम्मेवार छैन भन्ने प्रमाणित भएको छ ।

संविधानले नै जनताको स्वास्थ्य उपचार पाउने व्यवस्थालाई ग्यारेन्टी गरेपनि जनताले सर्वसुलभ रुपमा अहिले उपचार पाउन सकेका छैनन् । ठुला वडा र राजनीतिक दलका नेताहरु भने पातलो दिसा आएपनि सरकारी पैसामा विदेशमा उपचार गर्न जाने गरेका छन् भने सामान्य जनताले भने सामान्य उपचार समेत नपाउनु भनेको लोकतान्त्रिक व्यवस्थाकै उपहास बाहेक अन्य केही हुन सक्दैन । यीसबै कारणहरुले गर्दा सरकारले ठोस कार्ययोजना तत्काल ल्याएर डेगु नियन्त्रणका लागि कार्य अघि बढाउनैपर्दछ । काम गर्न नसक्ने मन्त्री र सचिवलाई पदमा राखी रहनुको औचित्य छैन ।

एक्लै केही गर्न सकिँदैन भनेर उम्किन सक्ने अवस्था छैन त्यसैले डेगु नियन्त्रण गर्न प्रधानमन्त्री ओलीले नै सक्रियता देखाउनु सक्नुपर्दछ । मन्त्रीहरु भनेका प्रधानमन्त्रीका सहयोगीमात्र हुन् । कामको जस अपजसको भारी प्रधानमन्त्रीले नै बोक्नुपर्दछ । सहयोगीहरुले काम गर्न सक्दैनन् भने त्यस्ता सहयोगीलाई पदमा राखिरहनुको औचित्य सावित गर्न प्रधानमन्त्रीले सक्नुपर्दछ ।

footer