kumari
stcnepal

सरकारकै कारण गणतन्त्र संकटमा : डा. शेखर कोइराला

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केपी ओली सरकारका कारण नै गणतन्त्र र संघीयता संकटमा परेको बताएका छन् । सरकारले पूर्व राजा र नेत्रविक्रम चन्द विप्लवका कारण प्रतिगमनको सम्भावना रहेको बताएको भएपनि उनीहरुको कारण नभएर सरकारकै कारण त्यस्तो अवस्था आएको बताउका छन् । केहीसमय अगाडि प्रधानमन्त्री केपी ओलीले संसदमा राष्ट्रिय दलको मान्यता पाएका दलहरुको सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर संघीयता, गणतन्त्र र धर्म निरपेक्षतामाथि संकट उत्पन्न हुन सक्ने अभिव्यक्ति दिएका थिए । त्यो सर्वदलीय बैठकमा डा. कोइराला समेत उपस्थित भएका थिए ।

तिनै कोइरालाले भने यदि मुलुकमा गणतन्त्र र संघीयता खतरामा छ भने पूर्वराजा र विप्लवका कारण नभएर सरकारकै कारण खतरामा परेको छ । सरकारकै कारण लोकतन्त्रमा संकट आउन सक्छ । लोकतन्त्रमाथि प्रहार भइरहेको छ त्यो सब सरकारकै कारण हो अन्यका कारणले होइन । यसलाई बचाउन कांग्रेस चनाखो हुनुपर्ने आवश्यकता भएको छ । संघीयतापनि खतरामा परेको स्वीकार कोइरालाले गरेपनि धर्म निरपेक्षताका बारेमा भने उनी मौन रहेका छन् ।

गत वर्ष भएको कांग्रेसको महासमितिको बैठकमा आधा भन्दा बढी महासमितिका सदस्यहरुले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने भन्दै ७ सय भन्दा बढीले नेतृत्वलाई हस्ताक्षर बुझाएका थिए । तर त्यसबेला त्यस विषयले प्रवेश नै पाएन । अहिले आएर त्यो विषयमा कांग्रेसभित्रै चर्को बहस हुन थालेको छ । केही दिन पहिला कांग्रेसको प्रदेश नं. ३ को प्रशिक्षण कार्यक्रममा पार्टीका उपसभापति विमलेन्द्र निधिले हिन्दुराष्ट्रको पक्षमा कांग्रेस नभएको बताएपछि केही बेर प्रशिक्षण कार्यक्रम नै विथोेलिएको थियो । १३ जिल्लाका कांग्रेसका सभापति लगायत अन्य कार्यकर्ता सहभागि भएको कार्यक्रममा बहुमत कांग्रेसले हिन्दुराष्ट्रका मुद्दा बोक्नुपर्ने बताएका थिए भने त्यस विषयमा संंसदमा समेत कुरा उठेको छ ।

कांग्रेसले आफ्नो स्थापना कालको उदेश्य र मर्म नै व्यक्तिगत स्वार्थका लागि त्यागेको हुनाले निर्वाचनमा कांग्रेस नराम्रोसँग पराजित भएको थियो । अहिले पार्टीको साखः जोगाउनका लागि पनि कांग्रेसले हिन्दुराष्ट्रको मुद्दा बोक्नुपर्ने आवाज कांग्रेसभित्र चर्को रुपमा उठेकोछ ।

स्व. खुमबहादुर खडकाले कांग्रेसले हिन्दुराष्ट्रको मुद्दा छोड्न नहुने भन्दै अभियान चलाएका थिए तर उनको निधनपछि सेलाएको मुद्दा फेरी जोडतोडले उठेको छ । के कांग्रेस हिन्दुराष्ट्रको मुद्दा बोक्न तयार होला त ? भन्ने प्रश्न समेत उब्जिउको छ । कांग्रेसको झण्डाका ४ तारामध्येको एउटा तारा हिन्दुराष्ट्रको पक्षमा भएकाले यदि कांग्रेसले हिन्दु राष्ट्रको मुद्दा नबोक्ने हो भने कांग्रेसले आफ्नो पार्टीको झण्डा समेत फेर्नुपर्ने आवश्यकता छ । के कांग्रेस आप्mनो झण्डा फेर्न तयार होला ?

footer