kumari
stcnepal

एमसीसी अनुमोदन बारे आज एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने

अमेरिकी अनुदान एमसीसी संसद बाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुने स्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरण लगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ । एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।

 

footer