kumari
stcnepal

लोसपा र एमालेको स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन सक्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने बताएका छन् । मंगलबार कुराकानी गर्दै अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा एमाले सँग गठबन्धन हुन सक्ने बताए ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी लगायतका दलले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोसपा नेपालले भने ओलीलाई समर्थन गर्दै करिब तीन साताका लागि सरकारमा सहभागी भएको थियो । त्यसैबेला देखि लोसपाको एमाले सँगको सम्बन्ध सुमधुर रहँदै आएको छ ।

आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन देखि प्रदेशसभा तथा प्रतिनिधिसभासम्म तालमेल हुन सक्ने ठाकुरको भनाइ छ । उनले भने, ‘एमालेसँग हाम्रो त्यस्तो कुनै असन्तुष्टि छैन । आउँदो स्थानीय तहको निर्वाचनका लागि छलफल हुन्छ ।’ उनले अघि थप्दै भने, ‘सबै ठाउँमा नभए पनि स्थानीय स्तरमा गठबन्धन गर्न सकिन्छ । अहिले भने हाम्रो कसै सँग कुनै पनि गठबन्धन भएको छैन ।’

 

 

 

footer