kumari
stcnepal

भोलि बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक

प्रतिनिधिसभाको भोलि बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संसद सचिवालयले बुधबार बस्ने बैठकका लागि सम्भावित सूचि सार्वजनिक गरेको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेश गर्ने छन् । यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विद्येयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विद्येयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । प्रतिनिधिसभाको बैठक बुधबार एक बजे बस्ने छ ।

 

 

 

footer