kumari
stcnepal

आईजीपि शैलेन्द्र खनाल बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता, के होला त कारबाही ?

शाक्ति र सत्ताको दुरुपयोग गर्दै करोडौं घोटला गरेको भन्दै सशस्त्र प्रहरीका महानिरिक्षक (आईजीपि) शैलेन्द्र खनाल बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ भन्दा अब चाहि फरक पर्दैन । उजुरी कपि अनुसार १६ वर्षमा इन्स्पेक्टर बाट डीएसपीमा बढुवा हुन लागेकाहरूलाई नियमित बढुवा नगरेर आईजीपी खनाल निकट मानिसहरुले आर्थिक चलखेल गरेको भनिएको छ ।

बढुवामा आर्थिक चलखेल गर्न संगठन भित्र बाट इन्स्पेक्टर नवराज गुरुङ र गणेश मल्ल तथा बाहिर नरेश भट्ट र सुमन अधिकारीलाई आईजीपीले नै प्रयोग गरेको उजुरीमा उल्लेख छ ।  ०७८ चैत २७ मा अवकाशमा जान लागेका आईजीपी खनालले आर्थिक वर्ष २०७५–०७६ मा पोशाक शीर्षकमा विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा विभिन्न शीर्षकमा रकमान्तर गरी दुरुपयोग गरेको उजुरीमा लेखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा भनिएको छ–‘इन्धनको झुटो बिल बनाएर प्रत्येक आर्थिक वर्षमा ६ करोड भन्दा बढी इन्धन बापतको रकम हिनामिना गरी आर्थिक अनियमितता गरिएको उजुरीमा उल्लेख छ । सो कार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संचालित फ्युल स्टेशन बाट फर्जी विल बनाउने गरिन्छ ।’ सशस्त्रको ३ वटा गाडी र केही मोटरसाईकल भएको कार्यालयमा वार्षिक १० देखि १२ लाख मूल्य बराबरको इन्धनले पुग्छ । तर, त्यस्ता कार्यालयमा ८० लाखभन्दा बढी छुट्याएर फर्जी बिल बनाएर आइजीपी शैलेन्द्र खनालको ठाडो निर्देशनमा रकम असुल्ने गरेको भनी लेखिएको छ ।

आर्थिक वर्ष २०७५–०७६ मा कानुनी प्रक्रिया पुरा नगरीकन १ करोड ३० लाखको फर्निचरका सामान खरिद गरेको तर, सो फर्निचर प्रहरी प्रधान कार्यालयमा नलगेर अन्यत्रै लगिएको बारे छानविन गर्न उजुरीमा माग गरिएको छ ।  त्यस्तै, आर्थिक वर्ष २०७५–०७६ मा प्रधान कार्यालयमा कार्यरत कर्मचारीको नाममा फर्जी भ्रमण आदेश बनाएर ४ करोड भन्दा बढि भ्रष्टाचार भएको उजुरीमा उल्लेख गरिएको छ । सशस्त्र प्रहरी बलमा राईट कन्ट्रोल गियर र ट्रान्सपरेन्ट सिल (ढाला) खरिदमा पनि भ्रष्टाचार भएको भन्दै उजुरीकर्ताले खरिद कागजात जफत र गरेर अनुसन्धान गर्न अख्तियारका प्रमुख आयुक्तलाई सम्बोधन गर्दै उजुरी दर्ता गरिएको भेटिएको छ ।

सो उजुरीको बोधार्थ गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय जस्ता दर्जनौ निकायमा दिएको देखिन्छ । गृहमन्त्री बालकृष्ण खाँडज्यू हेक्का होस् । छानवीन तत्कालै गरियोस् । विगत वर्षहरुमा पनि  प्रहरी भित्र आईजीपी सावहरु बिरुद्ध उजुरी पर्दै आएका थिए  भने कति आईजीपी साबहरुलाई त कारवाही पनि भएका घटना छन् । सुरक्षा गर्नेहरुले नै आर्थिक अनियमितता गरेपछि यस बारेमा गृहमन्त्रालयले पनि छानवीन शुरु गरेको स्रोतको दाबी छ । हेक्का होस् ।

 

 

 

footer