kumari
stcnepal

आज देखि माओबादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज देखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजे देखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो ।

व्याख्यात्मक घोषणा सहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखतरुपमै राख्ने उनीहरुको तयारी छ । तर माओवादीको केन्द्रीय कमिटी बैठक मुख्य प्रयोजन पदाधिकारी तयन रहेको बुझिएको छ ।

११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ । अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रम बारे समीक्षा गर्दै पदाधिकारी चयन बारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए । ​माओवादीमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

footer