kumari
stcnepal

न्यायाधीशहरूले संविधान हेर्न छोडे : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज बसन्तपुरमा एमाले निकट भ्रातृ संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकार परिवर्तन गर्नेगरी परमादेश दिएको प्रति आक्रोशित हुँदै न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाउनुभएको हो ।

न्यायाधीशहरु न्याय दिनभन्दा व्यक्तिको उद्देश्य पूरा गर्न र विकासको विरोधीको रुपमा देखिएको ओलीको आरोप छ । ‘हाम्रा विरुद्धका परमादेशहरु जनादेशबाटै सच्याउन सकिन्छ । श्रीमानजीले संविधान हेर्न छोड्नुभयो । श्रीमानले कानुन हेर्र्न छोड्नुभयो । श्रीमानले के हेर्या होे ?,’ ओलीले भन्नुभयो, ‘उहाँहरु त मान्छेको उद्देश्य हेर्न थाल्नुभयो । यो समृद्ध नेपाल, सुखी नेपाली भनेर भन्न पाइन्छ भन्ने उहाँहरुलाई चिन्ता छ ।’

 

 

footer